कनकासुन्दरी गाउँपालिकाले छात्रवृत्तिमा 'एमबीबीएस' पढाउन थाल्याे
कात्तिक २२, २०८१ बिहिबार
काठमाडाैं - पल्सर शहीद स्मारक ए डिभिजन लिगमा न्युरोड टिम एनआरटीले १० औं चरणमा आएर पहिलो जित निकालेको छ ।
शुक्रबार जाउलाखेलविरुद्धको खेलमा एनआरटी दुई एकले विजयी भएकाे हाे ।
सशस्त्र प्रहरीको मैदान हलचोकमा भएको खेलमा एनआरटीले जाउलाखेलविरुद्ध उत्कृष्ट प्रदर्शन गर्यो । लिगमा अहिलेसम्म खेलका नौ खेलमा ८ मा पराजित भएको एनआरटीले खेलको ३४ औं मिनेटमा अग्रता बनायो । उसका लागि विदेशी खेलाडी कोउसी जियनले गोल गरे ।
पहिलो हाफमा एक गोलले अगाडि रहेको एनआरटीले ५७ औं मिनेटमा अन्तर दुई शून्यमा पुर्यायो । यसपटक उसका लागि सुशील लामाले गोल गरे । उनको प्रहारले जाली चुम्दा जाउलाखेलका गोलकिपरले भेउ पाउन सकेनन् । तर त्यसको एक मिनेटपछि नै जाउलाखेलले खेल बराबरी गर्यो । उसका सुमन डंगोलले डिबक्स भित्रबाट गोल गरे ।
त्यसपछि जाउलाखेल खेलमा फर्कन सकेन र एनआरटीले पहिलो जित निकाल्यो । प्रतियोगितामा जाउलाखेलको छैटौ हार हो ।यता सातदोबाटोमा रहेकाे एन्फा मैदानमा भएको खेलमा १० खेलाडीमा झरेको हिमालयन शेर्पा फ्रेन्ड्स क्लबसँग दुई एक गोलले पराजित भयो ।
खेलको २७ औं मिनेटमा शेर्पाले गोहा प्याट्रिकको गोल मार्फत बनाएको अग्रता हिमालयन शेर्पाले जोगाउन सकेन । त्यसको एक मिनेटमा नै फोफाना इब्राहिमको पासमा संजोग महर्जनले फ्रेन्ड्सका लागि गोल गर्दै खेल बराबरीमा पुर्याए ।
पहिलो हाफ एक एक गोलको बराबरी भएको खेलको ८१ औं मिनेटमा हिमालयन शेर्पाका आशिष गुरुङ दोहोरो पहेलो कार्ड पाउँदै मैदानबाट बाहिरीएपछि शेर्पा १० खेलाडीमा झर्यो । तर त्यसको फाइदा फ्रेन्ड्सले लिन सकेन । जारी लिगमा रातो कार्ड पाउने आशिष चौथो खेलाडी हुन् ।
एक खेलाडी कम भएको फाइदा उठाउदै फ्रेन्ड्सले ८८ औं मिनेटमा दोस्रो गोल गर्यो । उसका लागि जीवन गुरुङले गोल गरे । हारपछि शेर्पाले नेपाल पुलिस क्लबलाई पछि पार्ने मौका गुमायो । उसको १० खेलमा १४ अंक छ भने फ्रेन्ड्सको ८ अंक भएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।