बैतडी–दार्चुला जोड्ने मुख्य मोटरेबल पुल जीर्ण बन्दै

 पुस ७, २०७५ शनिबार १७:२७:४२ | जयराज अवस्थी
unn.prixa.net

बैतडी – बैतडी र दार्चुला जिल्ला जोड्ने एकमात्र चमेलिया नदीमाथिको मुख्य मोटरेबल पक्की पुल जीर्ण हुँदै गएको छ ।

आर्थिक वर्ष २०५९/६० मा बनेको त्यो पुल जीर्ण बन्दै गएको स्थानीयबासिन्दाहरुले बताएका छन् । बैतडी र दार्चुला जिल्ला जोड्ने मुख्य पुलको रुपमा रहेको चमेलिया पुल जीर्ण बनेको डिलाशैनी गाउँपालिका वडा न ६ गोकुलेश्वरका सुरेश श्रेष्ठले बताउनुभयो ।

दार्चुला जिल्लालाई राष्ट्रिय राजमार्गको पहुँचमा पुर्याउने एक मात्र चमेलिया पुल भएको उहाँले बताउनुभयो ।  यो पुुलको बीचमा खाल्डाखुल्डी परेर जीर्ण भइसकेको छ ।

बैतडीका नागरिकले दार्चुला जाने र दार्चुलाका नागरिकले बैतडीले आउने चमेलिया पुल मुख्य पुल भएको भए पनि जीर्णोद्धारका लागि कसैले पहल नगरेको स्थानीयवासीको गुनासो छ । दार्चुलालाई सडक सञ्जालसँग जोड्न १ सय २० मिटर लामो पुल ५ करोड लागतमा निर्माण गरिएको थियो  ।

१६ वर्ष अघि निर्माण पुरा भएको पक्की पुलको समयमा मर्मत र संरक्षण नहुँदा संरचनाहरु कमजोर बन्दै गएका छन् । निर्माण पश्चात एक पटक मात्रै पुलमा रंगरोगन गरिएको छ । त्यसबाहेक सरोकारवाला पक्षले पुलको संरक्षणका लागि केही पहल नगरेको गोकुलेश्वरका व्यापारी देव बिष्टले बताउनुभयो ।

पुलको क्षमताभन्दा बढी लोड भएका सवारी साधन सञ्चालन हुनु, पुलको बीचबाटै नालीको पानी बगाउनु लगायतका कारणले पुल जीर्ण बन्दै गएको सडक डिभिजन कार्यालय पाटन बैतडीका सब इञ्जिनियर योगेन्द्र स्वाँरले बताउनुभयो ।

चमेलिया पुलको चालु आर्थिक वर्षमा मर्मत सम्भारका लागि स्टमेट तयार भइरहको सब इञ्जिनियर स्वाँरले बताउनुभयो । दार्चुलाको मुख्य प्रवेशद्वारका रुपमा रहेको पुलबाट दैनिक दुई सयभन्दा बढी सवारी साधनहरु चल्ने गर्दछन् । 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

जयराज अवस्थी

जयराज अवस्थी बैतडीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया