कनकासुन्दरी गाउँपालिकाले छात्रवृत्तिमा 'एमबीबीएस' पढाउन थाल्याे
कात्तिक २२, २०८१ बिहिबार
इंग्लिस प्रिमियर लिगको डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटी शनिबार राति भएको खेलमा क्रिष्टल प्यालेससँग स्तब्ध भएको छ । आफ्नै मैदानमा प्यालेससँग पराजित भएपछि सिटी शीर्ष स्थानको लिभरपुलभन्दा चार अंकले पछि परेको छ ।
२७औं मिनेटमा इल्के गुन्डोआनले डेल्फको पासमा गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । त्यसको ६ मिनेटपछि जेफ्री स्कलुपले गोल गर्दै प्यालेसलाई खेलमा फर्काए । दुई मिनेटपछि टाउनसेन्डको गोलले सिटीलाई अर्को झड्का दियो ।
बर्नाडो सिल्भाले क्लीयर गरेको बललाई टाउन्सेन्डले उत्कृष्ट भलि प्रहार गर्दै प्यालेसलाई अग्रता दिलाए । पहिलो हाफमा २–१ को अग्रता कायम राखेको प्यालेसले ५१औं मिनेटमा पेनाल्टी पायो । सो लुका मिलिभोभिकले गोल गर्दै क्रिष्टल प्यालेसलाई ३–१ को अग्रता दिलाए ।
८५औं मिनेटमा केभिन डि ब्रुयनले गोल गर्दै प्यालेसको अग्रता ३–२ मा छोट्याए । तर थप गोल हुन नसक्दा सिटी पराजित भयो । यो हारका कारण सिटी शीर्ष स्थानको लिभरपुलभन्दा चार अंक पछि परेको छ । लिभरपुल ४८ अंकसहित शीर्ष स्थानमा छ भने सिटी ४४ अंक बनाउँदै दोस्रो स्थानमा छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।