दशैँ र तिहारमा स्याङ्जाका एउटै किसानले बेचे ५ लाख रुपैयाँका...
कात्तिक २२, २०८१ बिहिबार
काठमाडाैं - शहीद स्मारक ए डिभिजन लिगमा शत प्रतिशत जीत निकाल्दै मनाङ् मर्स्याङ्दी क्लबले उपाधिको दावेदारी प्रस्तुत गरेको छ ।
दशौं चरणको खेलमा मनाङले नेपाल प्रहरीलाई १–० ले हराउँदै तालिकामा पाँच अंकको अग्रता लिएको छ । लिगमा अब प्रत्येक टिमले तीन खेल खेल्न बाँकी रहँदा उपाधि जित्नका लागि मनाङलाई पाँच अंक भए पर्याप्त हुनेछ ।
अब मनाङले संकटा, फ्रेण्ड्स र हिमालयन शेर्पा क्लबसँग खेल्न बाँकी छ । मनाङ्ले एघारौं चरणमा संकटाको सामना गर्नेछ । संकटाविरुद्ध जित हात पारेको खण्डमा मनाङ् दुई खेलअगावै च्याम्पियन बन्न सक्नेछ ।
सातदोबाटोमा रहेकाे एन्फा कम्प्लेक्स मैदानमा भएको खेलमा मनाङ्लाई जित दिलाउन अदेलाजा सोमाइदेको दोस्रो हाफको गोल निर्णायक बन्यो । उनले खेलको ५२औं मिनेटमा उत्कृष्ट गोल गरेका थिए ।
जितसँगै मनाङले १० खेलमा ३० अंक बनाएको छ । दोस्रो स्थानको संकटाको २५ अंक छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।