बैतडीका सबै स्थानीय तहमा बैंकिङ सुविधा पुगेपछि स्थानीयहरुलाइ सहज

 पुस १०, २०७५ मंगलबार १६:२६:२२ | जयराज अवस्थी

जयराज अवस्थी – सरकारले देशका सबै स्थानीय तहमा बैंकका शाखा स्थापना गर्ने लक्ष्य अनुसार बैतडीका सबै स्थानीय तहमा बैंकिङ सुविधा पुगेको छ ।

जिल्लाका सबै स्थानीय तहमा बैंकिङ सुविधा पुगेपछि नागरिकहरुलाइ सजिलो भएको छ । 

बैतडीको सबैभन्दा विकट सिगास गाउँपालिकामा कृषि विकास बैंक, शिवनाथ गाउँपालिकामा नेपाल एसबिआई बैंक, पञ्चेश्वर गाउँपालिकामा नोबेल बैंक, पुर्चौडी नगरपालिका र दोगडाकेदार गाउँपालिकाका ग्लोबल आईएमई बैंक, डिलाशैनीमा कुमारी बैंक, सुर्नया गाउँपालिकामा नेपाल इन्भेष्टमेन्ट बैंक, र मेलौलीमा एनसीसी बैंकका शाखाहरु स्थापना भई सेवा सञ्चालन भइसकेको छ । 

जिल्लाको शिवनाथ गाउँपालिकामा भने केही दिनअगाडि मात्रै नेपाल एसबीआई बैंकको शाखा स्थापना भएको हो । अहिले बैकमा खाता खोल्ने काम भइरहेको गाउँपालिकाका प्रवक्ता हजारी साउदले जानकारी दिनुभयो । 

सदरमुकाममा रहेको दशरथचन्द  नगरपालिकामा वाणिज्य बैंक लगायतका अन्य बैंकका शाखाहरु रहेका छन् भने पाटन नगरपालिकाका कृषि बिकास बैंक लगायतका अन्य बैकका शाखाहरु मार्फत स्थानीयहरुले सेवा लिइरहेका छन् ।  

सरकारले वि. स. २०७४ साउनमै  देशका सबै स्थानीय तहमा बैंकका शाखा स्थापना गर्ने भनेपनि बैतडीका सबै स्थानीय तहमा भने १ वर्षपछि पुगेका हुन्  ।

बैंकका शाखा स्थापना भएसंगै स्थानीय तहका कर्मचारी जनप्रतिनिधि तथा सर्वसाधारण नागरिकले सदरमुकाम धाउनुपर्ने बाध्यता हटेको पुर्चाैडी नगरपालिका ४ का स्थानीय चन्ददेव भट्टले बताउनुभयो । 
 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

जयराज अवस्थी

जयराज अवस्थी बैतडीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया