अष्ट्रेलियाविरुद्धको तेस्रो टेस्ट: भारतकाे राम्राे सुरुवात

 पुष ११, २०७५ बुधबार १३:३६:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

अष्ट्रेलियाविरुद्धको तेस्रो टेस्ट क्रिकेटमा भारतले पहिलो दिन राम्रो सुरुआत गरेको छ ।

टस जितेर पहिला ब्याटिङ गरेको भारतले पहिलो दिनको खेल सकिँदा २ विकेटको नोक्सानीमा २१५ रन जोड्न सफल भएको हो । भारतका कप्तान विराट कोहली र चेतेश्वर पुजारा क्रिजमा रहेका छन् । पुजाराले ६८ र कोहली ४७ रन बनाएका छन् ।

उनीहरुले बिहीबार दोस्रो दिनको खेल अघि बढाउने छन् । ४० रन हुँदा हनुमा विहारीलाई व्यक्तिगत ८ रनकाे अवस्थामा गुमाएको भारतले १२३ रन हुँदा दोस्रो विकेटको रुपमा मायांक अग्रवाललाई गुमायाे । अग्रवाल विहारीसँगै ओपनिङमा आएका थिए ।

मेलबर्न क्रिकेट ग्राउण्डमा डेब्यु गरेका मायांक अग्रवालले सानदार अर्धशतक सहित ७६ रन बनाए आउट भएका थिए । डेब्यु टेस्टमा अर्धसतक बनाउने उनी सातौ भारतीय ब्याट्सम्यान पनि बनेका छन् । 

ओपनिङ जोडी १८.५ ओभरसम्म क्रिजमा रहेर ४० रन बनाउनु सन २०१० डिसेम्बरपछिको ठूलो साझेदारी रहेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

त्यतिबेला दक्षिण अफ्रिकामा भारतकाे ओपनिङ जोडीले २९.३ ओभरसम्म खेलेको थियो । त्यतिबेला विरेन्द्र सहवाग र गौतम गम्भीरले ओपनिङ गरेका थिए ।

बुधबारको टेस्टमा बिहारीलाई १९औं ओभरमा प्याट कमिन्सले स्लिपमा एरोन फिन्चको हातबाट क्याच आउट गराएका थिए । 
अग्रवाललाई पनि विकेटकिपरका हातबाट कमिन्सले नै आउट गराएका थिए ।

अन्तिम अपडेट: कात्तिक १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया