हर्षोल्लाषका साथ आज इद उल फित्र मनाइँदै

 असार २, २०७५ शनिबार ७:४४:४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाडौं – इस्लाम धर्मावलम्बीले आज आफ्नो महान पर्व इद उल फित्र मनाउँदै छन् । 

अरबी पात्रो हिजरी संवत्अनुसार दशौँ महिनाको पहिलो दिन मुसलमानले इद उल फित्र पर्व मनाउने गर्छन् । आज विशेष नमाज पढेपछि तीन दिनसम्म आफूभन्दा ठूलाबाट आशीर्वाद लिने तथा आफूभन्दा सानालाई आर्शीवाद दिने चलन छ । आशीर्वाद लिन आउने आफन्तलाई सेवइ, खजुरलगायत मीठा खानेकुरा खान दिने परम्परा छ ।

खुशीपूर्वक गरिबलाई दान गरिने भएकाले यो पर्वलाई इद उल फित्र भनिएको हो । आज बिहान काठमाडौंको घण्टाघरमा रहेको जामे मस्जिदमा विशेष नमाज पाठ गरिनेछ । त्यसपछि ठूलाबडाकहाँ आशीर्वाद लिने क्रम शुरु हुन्छ । एक महिनासम्म चल्ने यो पर्वमा मुुसलमानहरुले गएको जेठ ३ गतेदेखि रोजा अर्थात व्रत सुरु गरेका थिए । यसलाई रमजान पनि भनिन्छ ।

रमजान महिनामा मुसलमानको सबैभन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएकाले यस महिनालाई पवित्र महिनाका रुपमा पनि लिने गरिन्छ । पर्वको मुख्य दिन आज मुसलमानहरुले इदगाहमा गएर सामूहिकरुपमा नमाज पढ्नुका साथै प्रार्थना गरेर एकापसमा शुभकामना एवं सटासाट गर्दछन् । 
 

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया