आईपीएल क्रिकेटमा मुम्बईले हैदराबादलाई ७ विकेटले हरायो

 बैशाख २५, २०८१ मंगलबार ६:१६:२१
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डौ – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इन्डियन्सले सनराईजर्स हैदराबादलाई हराएको छ । गएराति भएको खेलमा मुम्बईले हैदरावादलाई ७ विकेटले हराएको हो । हैदराबादले दिएको १ सय ७४ रनको लक्ष्य मुम्बईले १७ ओभर २  बलमै ३ विकेट गुमाएर भेटायो । मुम्बईका सूर्यकुमार यादवले अविजित १ सय २ रन बनाए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ८ विकेट गुमाएर १ सय ७३ रन बनाएको थियो । उसका ट्राभिस हेडले सर्वाधिक ४८ रन जोडे । जितपछि मुम्बई १२ खेलमा ८ अङ्कसहित नवौँ स्थानमा छ । हैदराबाद ११ खेलमा १२ अङ्कसहित चौथो स्थानमा छ ।

आईपीएल क्रिकेटमा आज दिल्ली क्यापिटल्स र राजस्थान रोयल्स खेल्दैछन् । दिल्लीमा हुने खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजे शुरु हुनेछ ।

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया