यू–१९ विश्वकप छनोटको निर्णायक खेलमा भोलि नेपाल र अफगानिस्तान खेल्दै

 वैशाख ५, २०८२ शुक्रबार १८:०:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – १९ वर्षमुनिको विश्वकप एशिया छनोटको अन्तिम तथा निर्णायक खेलमा भोलि नेपाल र अफगानिस्तान खेल्दैछन् । तल्लो मूलपानी मैदानमा हुने यो खेल बिहान साढे ९ बजे शुरू हुनेछ ।

यो खेलको विजेता टोलीले जिम्बावे र नामिबियामा हुने १९ वर्षमुनिको विश्वकप खेल्न पाउनेछ । प्रतियोगितामा नेपाल र अफगानिस्तानले यसअघिका तीन वटै खेल जितेका छन् । नेपालले यूएईलाई ५ रन, ओमानलाई ८ विकेट र हङकङलाई ९ विकेटले हराएको थियो । यस्तै अफगानिस्तानले ओमान र हङकङलाई समान ८ विकेट र यूएईलाई १ सय ८० रनले हराएको थियो ।

अङ्क तालिकामा नेट रनरेटका आधारमा नेपालभन्दा अफगानिस्तान अघि छ । यस्तोमा विश्वकपमा छनोट हुन नेपालले भोलिको खेल जित्नैपर्ने हुन्छ । यदि वर्षाले खेल अवरुद्ध भएमा अफगानिस्तानलाई फाइदा हुनेछ ।

नेपालले यसअघि आठ पटक १९ वर्षमुनिकाे विश्वकप खेलिसकेकाे छ । नेपालले सन् २०००, २००२, २००४, २००६, २००८, २०१२, २०१६ र २०२४ मा विश्वकप खेलेकाे थियाे ।

अन्तिम अपडेट: बैशाख ७, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया