कनकासुन्दरी गाउँपालिकाले छात्रवृत्तिमा 'एमबीबीएस' पढाउन थाल्याे
कात्तिक २२, २०८१ बिहिबार
इंग्लिस प्रिमियर लिगमा टोटनह्याम पराजित भएको छ । उपाधि जित्ने प्रतिस्पर्धामा रहेको टोटनह्याम उल्भरह्याम्टनसँग ३–१ ले स्तब्ध बन्यो ।
टोटनह्यामले होम ग्राउण्डको रुपमा प्रयोग गर्दैै आएको विम्ब्ली स्टेडियममा भएको खेलमा ह्यारी केनले टिमलाई सुरुवाती अग्रता दिलाएका थिए । तर दोस्रो हाफमा उल्भरह्याम्टनले तीन गोल गरेपछि टोटनह्यामको उपाधि जित्ने महत्वकांक्षामा धक्का लाग्न पुग्यो ।
२२औं मिनेटमा ह्यारी केनले घरेलु टिमलाई अग्रता दिलाएका थिए । सन ह्योङ मिनको पासमा केनले गोल गर्दै टोटनह्यामलाई अग्रता दिलाएका थिए ।
पहिलो हाफमा एक गोलको अग्रता कायम राखेको टोटनह्याम दोस्रो हाफमा उल्भ्ससँग निरिह बन्यो । ७२औं मिनेटमा हाओ मोउटिन्होको कर्नरमा विली बोलीले हेडर गोल गर्दै उल्भरह्याम्टनलाई खेलमा फर्काए ।
बराबरी गरेको १० मिनेटमा नै उल्भ्सले गोल थप्यो । यसपटक इभन काभालेरोको पासमा राउल जिमिनेजले गोल गरेका थिए । ८७औं मिनेटमा उल्भ्सले तेस्रो गोल गर्याे । डोट्रीले दिएको बललाई अफसाइट ट्र्याप विट गर्दै हेल्डर कोस्टाले वन भर्सेस वनमा गोल गरेका थिए ।
जीतसँगै उल्भरह्याम्टन २९ अंकका साथमा सातौं स्थानमा उक्लिएको छ । टोटनह्यामको ४५ अंक छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।