चर्को खडेरीले अमेजन बेसिनका ४ लाख जनाभन्दा धेरै बालबालिका भ...
कात्तिक २२, २०८१ बिहिबार
शहीद स्मारक ए डिभिजन लिग फुटबलमा साेमबारदेखि १२ औं चरणको खेल सुरु हुँदैछ । जस अन्तर्गत साेमबार ३ वटा खेल हुने छन् ।
११औं चरणसम्म अपराजित रहँदै सिंग्नेचर मनाङ मर्स्याङ्दी क्लबले उपाधि जितिसकेकाले अब तालिकाको दोस्रो देखि पाँचौ सम्मको स्थानको भिडन्त खुल्ला भएको छ ।
एन्फा मैदानमा साेमबार बिहान ११ बजे अब एनआरटी र मछिन्द्र क्लब भिड्ने छन् । मछिन्द्र ६ अंक सहित १२ औं स्थानमा रहँदा एनआरटी ५ अंकसहित पुछारमा छ ।
एनआरटीविरुद्ध फराकिलो अन्तरले विजयीहुँदा मछिन्द्रले तालिकामा सुधार गर्ने छ । तर एनआरटी विजयी भए १२ औं स्थानमा उक्लने छ ।
साेमबमरको खेलमा दुवै टिम दोस्रो जितको खोजिमा हुने छन् । यसैगरी साेमबार नै दिउँसो साढे २ बजे फ्रेण्ड्स र व्रिगेड ब्वाईज भिड्ने छन् । फ्रेण्ड्स ११ औं तथा ब्रिगेड १३औं स्थानमा छ ।
एपीएफको मैदान हलचोकमा जावलाखेल युथ क्लब र त्रिभुवन आर्मी आमने सामने हुने छन् । चौथो स्थानको आर्मी साेमबारको खेलमा विजयी भए थ्रीस्टारलाई पछि पार्दै तेस्रो स्थानमा उक्लने छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।