दाङ देउखुरीमा बन्यो देशकै दोस्रो ठूलो क्रिकेट स्टेडियम

 पुष १६, २०७५ सोमबार २०:१३:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

दाङ – दाङ देउखुरीको लमहीको निर्माणाधिन क्रिकेट मैदान, निर्माण कार्य सुरु भएको १७ वर्षपछि बल्ल  पूर्ण क्रिकेट मैदान भएको छ ।

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत महिला क्रिकेट प्रतियोगिता हुने भएपछि निर्माण कार्यले तीव्रता पाएको हो । त्यसै अनुसार अहिले मैदान सम्याउने तथा पीच निर्माणदेखि गेट निर्माणसम्मका कामहरु भैरहेको छ ।

अहिले यो मैदान क्रिकेट संघकै रेखदेखमा निर्माण भैरहेको हो । क्रिकेट परिषद् आईसीसीको मापदण्ड अनुसार निर्माण भैरहेको यो मैदानको ८० प्रतिशत काम सकिएको नेपाल क्रिकेट संघका क्युरेटर प्रफुल्लसागर प्रधानले बताउनुभयो ।

चार हेक्टर क्षेत्रफलमा फैलिएको यो मैदानका लागि लमही नगर विकास समितिले अहिलेसम्म ३ करोडभन्दा बढी रुपैयाँ लगानी गरिसकेको छ । अहिले पनि आफ्नै लगानीमा काम भैरहेको नगर विकास समितिका अध्यक्ष घनश्याम सुवेदीको भनाई छ ।

राष्ट्रिय खेलकुद प्रतियोगिताका केही खेल हुने भएपछि राष्ट्रिय खेलकुद परिषद्ले अहिलेसम्म ७५ लाख रुपैयाँ लगानी गरेको देउखुरी क्रिकेट क्लबले जनाएको छ । यो मैदानको निर्माण कार्य पूरा भए काठमाडौं पछिको दोस्रो क्रिकेट स्टेडियम हुने क्रिकेट संघ दाङको भनाई छ ।

अन्तिम अपडेट: कात्तिक २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया