कनकासुन्दरी गाउँपालिकाले छात्रवृत्तिमा 'एमबीबीएस' पढाउन थाल्याे
कात्तिक २२, २०८१ बिहिबार
काठमाडाैं - शहीद स्मारक ए डिभिजन लिगको दोस्रो स्थानका लागि अहिले संकटा र थ्रीस्टारबीच प्रतिस्पर्धा भइरहेको छ ।
एन्फा मैदान सातदोबाटोमा जारी खेलको पहिलो हाफ सकिँदा थ्रीस्टारले एक-एक गोलको बराबरी खेलेको छ । खेलको सुरुवातदेखि नै संकटाविरुद्ध आक्रामक रुपमा उत्रिएको थ्रीस्टारले चौथो मिनेटमा पाएको मौकालाई सदुपयोग गर्न सकेन ।
१७ औं मिनेटमा संकटाका अमित तामाङको प्रहार पोष्टको नजिकैबाट बाहिरियो । २३ औं मिनेटमा थ्रीस्टारका सुनिल बलको प्रहार संकटाका डिफेन्डरले बचाए । त्यसपछि २७ औं मिनेटमा संकटाले दोस्रो मौका पाएको थियो, तर उसका इलोनको प्रहारले सही दिशा लिन सकेन ।
३० औं मिनेटमा थ्रीस्टारले गोलको खडेरी तोड्यो । उसका रञ्जन विष्टले उत्कृष्ट गोल गर्न सफल भए । ४२ औं मिनेटमा संकटाले पेनाल्टीको अवसर पायो । सुनिल बलले डिबक्समा फल गरेपछि पाएको पेनाल्टीलाई अमित तामाङले गोलमा परिणत गरे ।
त्यस्तै सशस्त्र प्रहरीको मैदान हलचोकमा जारी खेलमा लिगमा अपराजित एक्लो टिम मनाङले पहिलो हाफमा हिमालयन शेर्पासँग पनि एक एकको बराबरी खेलेकाे छ ।
बारम्बार गोलको प्रयास गरेपनि मनाङले ३६ औं मिनेटमा पुगेर अग्रता बनायो । उसका अफिज ओलाओलेले गोल गर्न सफल भए । तर ४५ औं मिनेटमा शेर्पाले खेल बराबरीमा पुर्यायो । उसका लागि विश्वास श्रेष्ठले गोल गर्न सफल भए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।