दशैँ र तिहारमा स्याङ्जाका एउटै किसानले बेचे ५ लाख रुपैयाँका...
कात्तिक २२, २०८१ बिहिबार
काठमाडाैं - शहीद स्मारक ए डिभिजन लिगमा कीर्तिमान राख्ने लक्ष्यसहित अगाडि बढेको मनाङले लगातार १२ औं जित निकालेको छ ।
सशस्त्र प्रहरीको मैदान हलचोकमा बुधबार भएको खेलमा लिगमा अपराजित एक्लो टिम मनाङले हिमालयन शेर्पाविरुद्ध दुई - एकको जित निकाल्यो ।
बारम्बार गोलको प्रयास गरेपनि मनाङले ३६ औं मिनेटमा पुगेर अग्रता बनायो । उसका अफिज ओलाओलेले गोल गर्न सफल भए । तर ४५ औं मिनेटमा शेर्पाले खेल बराबरीमा पुर्यायो । उसका लागि विश्वास श्रेष्ठले गोल गर्न सफल भए ।
पहिलो हाफमा बराबरीमा रोकिएको मनाङले ६४ औं मिनेटमा फेरी अग्रता बनायो । उसका लागि विशाल राइले दिपक राइको पासको सदुपयोग गर्दै गोल गरे । ७० औं मिनेटमा मनाङ र शेर्पा १० खेलाडीमा झरे ।
खेलमा अभद्र व्यवहार देखाएको भन्दै मनाङका मुहम्मद आरिफ र शेर्पाका विश्वास श्रेष्ठलाई रातो कार्ड दिइयो । त्यसपछि दुवै टिमबाट गोल भएन र मनाङले आफ्नो अपराजित यात्रालाई कायमै राख्यो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।