शेयर बजार सामान्य बढ्यो, ५ अर्ब ८२ करोड रुपैयाँको कारोबार
माघ २, २०८१ बुधबार
काठमाडौं – काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले आव २०७५÷७६ का लागि १६ वटा विषयगत नीतिमा १९१ बुँदे नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ ।
कामपाले आज यहाँ आयोजना गरेको नगरसभा तथा तेस्रो अधिवेशनमा उहाँले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा समुदायको सीप तथा क्षमता विकासदेखि शहरी समृद्धि, शहरी सेवा सुविधा वितरणमा सन्तुलन, सुशासन, पारदर्शीता, पहुँचयुक्तदेखि प्रदेश सरकार, संघ सरकारसँग मिलेर सम्पादन गर्ने काम तथा अन्तर्राष्ट्रिय सम्बन्धबाट महानगरीय गौरव बढाउने कामसम्म समेटिएको छ ।
महानगरलाई जीवन्त सांस्कृतिक शहरका रुपमा विकास गर्न तथा यसको गौरवलाई उच्च बनाउन लोककल्याणकारी अवधारणा र संविधानले परिकल्पना गरेको शासनमा नागरिकको पहुँचजस्ता सूचकका आधारमा नीति तथा कार्यक्रम तयार पारिएको छ ।
स्थानीय नागरिकको जीवनस्तर उकास्न परम्परागत ज्ञान, सीप र क्षमतालाई प्रश्रय दिने, भौतिक तथा सामाजिक उत्थानको योजना बनाउँदा वातावरणीय पक्षलाई विशेष ध्यान दिइने, महानगरको निर्माणमा समुदाय, सहकारी, गैरसरकारी तथा निजी क्षेत्रको सहभागिता र साझेदारितालाई प्रश्रय दिने, बहुलगानीका सम्भावना बढाइने छ ।
महानगरबासीका चाहनालाई आत्मसात् गर्दै हरेक वर्ष कुनै न कुनै विकासका नयाँ अवधारणा अघि सार्ने नीतिमा उल्लेख छ । त्यस्तै आउँदो वर्षलाई पूर्वाधार विकास वर्ष मानेर काम गर्ने, रानीपोखरी, धरहरा, काष्ठमण्डपलगायत सांस्कृतिक सम्पदाको पुनःनिर्माण महानगरको केन्द्रीय भवन (बागदरबार) को पुननिर्माण गरिने, सार्वजनिक पूर्वाधार निर्माणमा गुणस्तरियता अभिवृद्धि तथा प्रदूषण नियन्त्रणलाई विशेष रुपमा अघि सारिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।