शेयर बजार सामान्य बढ्यो, ५ अर्ब ८२ करोड रुपैयाँको कारोबार

 माघ २, २०८१ बुधबार १५:२१:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शेयर बजार आज सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १.८३ अङ्कले बढेर २ हजार ५९५.९६ विन्दुमा पुगेको छ ।

आज बैंक, फाइनान्स, लगानी, माइक्रोफाइनान्स, म्युचल फन्ड र निर्जीवन बीमा बाहेक सबै समूहको शेयर बढेको छ । आज सबैभन्दा धेरै होटल समूहको शेयर १०७ अङ्कले बढेको छ ।

आज दोल्ती पावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । बजार सामान्य बढेको दिन न्यादी हाइड्रोपावर कम्पनीको शेयर भने १० प्रतिशतले घटेको छ ।

आज बजारसँगै कारोबार रकम पनि घटेको छ । अघिल्लो कारोबार दिन अस्ति सोमवार साढे ६ अर्बभन्दा धेरैको कारोबार भएकोमा आज २ सय ९९ वटा कम्पनीका १ करोड ७ लाख कित्ता शेयर ५ अर्ब ८२ करोड रुपैयाँमा किनबेच भएको छ ।

अन्तिम अपडेट: माघ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया