अमेरिकामा 'टिकटक' बन्द गर्ने सम्भावना बढ्दै गर्दा अर्को चिनियाँ...
माघ २, २०८१ बुधबार
काठमाण्डाै – सरकारले पछिल्लो पटक जारी गरेका अध्यादेशले देशमा लगानी र व्यवसायको वातावरण अभिवृद्धि भएको भन्दै नेपाल उद्योग वाणिज्य महासङ्घसहित निजी क्षेत्रका सङ्घ–संस्थाले सरकारलाई धन्यवाद दिएका छन् ।
व्यवसायीहरूले उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखकसहित प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर अध्यादेशमा भएका लगानी र व्यवसायसम्बन्धी विषय स्वागतयोग्य रहेका बताएका हुन् ।
महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल उद्योग परिसङ्घका अध्यक्ष राजेशकुमार अग्रवाल, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवाल, नेपाल उद्योग तथा व्यवसायी महासङ्घका अध्यक्ष भगीरथ सापकोटाले अध्यादेशका व्यवस्थाका कारण निजी क्षेत्रमा नयाँ रक्तसञ्चार हुने बताउनुभयो ।
कोभिड–१९ पछि सङ्कुचित अर्थतन्त्रलाई उकास्न यी अध्यादेश प्रभावकारी हुने भएकाले तिनको कार्यान्वयनका लागि यथाशक्य उपयुक्त नियमावली र कार्यविधि ल्याउन उद्योगी व्यवसायीहरूको माग छ ।
सरकारको सिफारिशमा राष्ट्रपतिबाट गएको पुस २९ गते चार वटा अध्यादेश जारी भएका थिए । एकैपटक सिफारिश गरेको भूमि व्यवस्थासम्बन्धी अध्यादेश पनि चाँडै जारी हुने प्रधानमन्त्री ओलीले बताउनुभयो । उहाँले सरकारको प्रयासलाई सकारात्मक रूपमा लिइदिएकामा खुशी व्यक्त गर्दै सत्ता गठबन्धनमा रहेका दल आपसमा बसेर देश बनाउने नीति निर्माणमा प्रभावकारी ढङ्कले कदम चालिरहेको दाबी गर्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।