कनकासुन्दरी गाउँपालिकाले छात्रवृत्तिमा 'एमबीबीएस' पढाउन थाल्याे
कात्तिक २२, २०८१ बिहिबार
श्रीलंकाविरुद्धको तीन एक दिवसीय खेलको श्रृङखलामा घरेलु टोली न्यूजिल्याण्डले १–० को अग्रता लिएको छ ।
बिहीबार भएको पहिलो एक दिवसीय खेलमा श्रीलंका ४५ रनले पराजित भयो । टस जितेर पहिले ब्याटिङ गरेको न्यूजिल्याण्डले मार्टिन गप्टिलको १ सय ३८ रनको सहयोगमा निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३७१ रनको विशाल योगफल बनाएको थियो ।
गप्टिलले १३९ बलमा ११ चौका र ५ छक्का प्रहार गरे । कप्तान केन विलियमसनले ७६ र रस टेलरले ५४ रन बनाए । जेम्स निशामले १३ बलमा ४७ रनको अविजित पारी खेले ।
बलिङतर्फ श्रीलंकाका लसिथ मालिंगा, नुवान प्रदीप र थिसरा परेराले दुई-दुई विकेट लिए ।
३७२ रनको लक्ष्य पछ्याएको श्रीलंकाले इनिङको अन्तिम बलमा सबै विकेट गुमाउनुअघि मात्र ३२६ रन बनायो ।
कुशल परेराले १०२ रनको शतकीय पारी खेले पनि श्रीलंकाको हार टरेन । ओपनर निरोशन डिकवेल्लाले ७६ र धनुस्का गुणतिलकाले ४३ रन बनाए पनि श्रीलंकाका मध्यक्रमका ब्याट्सम्यानको प्रदर्शन सन्तोषजनक रहेन ।
बलिङमा न्यूजिल्याण्डका जेम्स निशामले ३ विकेट लिए । ट्रेन्ट बोल्ट, लकी फर्गुसन र इश सोधीले दुई-दुई विकेट लिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।