चर्को खडेरीले अमेजन बेसिनका ४ लाख जनाभन्दा धेरै बालबालिका भ...
कात्तिक २२, २०८१ बिहिबार
काठमाडाैं - धनगढीमा आयोजना हुने सुदूरपश्चिम खप्तड गोल्डकपको उद्घाटन खेलमा आयोजक सुदूरपश्चिम र झापा ११ बीच प्रतिस्पर्धा हुने भएको छ ।
धनगढी रंगशालामा पुस २४ गतेबाट हुने प्रतियोगिताको पहिलो खेलमा झापा आयोजक खेल्ने पक्का भए पनि बाँकी तालिका भने आयोजकले ट्रफी सार्वजनिक कार्यक्रममा गर्ने भएका छन् ।
सुदूरपश्चिममा आयोजना हुने खप्तड गोल्डकपको मुख्य प्रायोजन चौधरी ग्रुपले गर्ने भएको छ ।
पुस २४ देखि माघ ५ गतेसम्म आयोजना हुने प्रतियोगितामा थ्रीस्टार, संकटा, गोर्खा ब्वाइज रुपन्देही, नेपाल पुलिस क्लब, काँकडभिट्टा ट्रेनिङ सेन्टर, एपीएफ, दिल्ली युनाइटेड भारत, च्यासल क्लब र आयोजक सुदूरपश्चिम ११ सहित १२ टिमको सहभागिता रहनेछ।
प्रतियोगिताको उपाधि विजेताले नगद २१ लाख १ हजार र उप-विजेताले १० लाख १ रुपैयाँ पुरस्कार पाउने छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।