धादिङको गजुरीबाट चार किलो सुनसहित तीनजना पक्राउ

 पुस २०, २०७५ शुक्रबार ८:४१:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

धादिङ – धादिङको गजुरीबाट चार किलो सुनसहित तीनजना पक्राउ परेका छन् । 

बिहीबार राति पौने १० बजेतिर  गजुरी गाउँपालिका–१, सिद्धेश्वरी मन्दिर अगाडिबाट दुईवटा मोटरसाइकलमा आएका उनीहरुलाई चार किलो सुनसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । 

उनीहरु बा ८७ प ७७३१ र प्रदेश नम्बर ३, ०२–००३ प २५४० नम्बरको मोटरसाइकलमा रहेको जनाए पनि प्रहरीले उनीहरुको नाम खुलाएको छैन । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया