ऋतिक रोशनका बुवा राकेश रोशनलाई क्यान्सर

 पुस २४, २०७५ मंगलबार १६:२०:५३ | एजेन्सी
unn.prixa.net

वर्ष २०१८ मा बलिउड फिल्म उद्योगका कैयौँ कलाकारहरु गम्भीर बिमारी भएका खबरहरु सार्वजनिक भएका थिए ।

गएको वर्ष इरफान खान, अभिनेत्री सोनाली बेन्द्रे, ऋषि कपूरलगायतका कलाकारह बिमारीका कारण भारत छोडेर अमेरिकामा उपचार गराइरहेका छन् । सन् २०१९ को सुरुवातमै फेरि फिल्म निर्माता तथा अभिनेता ऋतिक रोशनका बुवा राकेश रोशनलाई पनि क्यान्सर रोग लागेको खबर सार्वजनिक भएको छ । यस कुराको खुलासा अभिनेता ऋतिक रोशन स्वयमले सामाजिक सञ्जालमार्फत गरेका छन् । 

ऋतिकले उनका पिता राकेश रोशनलाई केही हप्ताअघि मात्रै स्क्वामस सेल कार्सिनोमा देखिएको र यो पहिलो स्टेजमा रहेको बताएका छन् ।  ऋतिकले लेखेका छन्, ‘आज बिहानै बुवालाई फोटोको लागि अनुरोध गरेँ । मलाई थाहा छ उहाँ सर्जरीको दिन पनि जिम गर्न छोड्नुहुने छैन ।  

केहीहप्ता अघि उहाँको घाँटीमा पहिलो स्टेजको स्क्वामस सेल कार्सिनोमा देखिएको छ । उहाँ यस रोगसँगको लडाईँका लागि तयार हुनुहुन्छ । उहाँजस्तो नेतृत्ववान व्यक्ति हाम्रो परिवारले पाएकोमा हामी भाग्यशाली र गौरवान्वित छौँ ।’  स्क्वामस सेल कार्सिनोमा यस्तो क्यान्सर हो, जो छाला, मुख, घाँटी लगायतको शरीरका भागमा लाग्ने गर्छ । 

ऋतिक रोशनले शेयर गरेको फोटोमा राकेश रोशन निकै फिट देखिएका छन् । तर उनलाई क्यान्सर रोग लागेको खबरले बलिउडकर्मी तथा उनका प्रशंशकहरु दुःखी भएका छन । साथै उनको शिघ्र स्वास्थ्यलाभको कामना गरिरहेका छन् । राकेश रोशन फिल्म ‘कृश ४’ लाई छिट्टै नै दर्शकमाझ ल्याउने तयारी गरिरहेका छन् । 


 

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया