१६ औँ सत्याग्रहका लागि डा. केसी दोस्रो पटक इलाममा

 पुस २५, २०७५ बुधबार ७:९:३३ | सुजता सुनुवार
unn.prixa.net

इलाम – बुधबारसम्ममा माग पूरा नभए १६ औँ सत्याग्रह बस्ने चेतावनी दिँदै डा. केसी दोस्रो पटक इलाम आइपुग्नु भएको छ ।

डा. केसीको माग सरकारले सम्बोधन नगरे बुधबार दिउँसो ४ बजेपछि सत्याग्रह सुरु गर्ने बताइएको छ । तर इलामको कुन स्थानमा सत्याग्रह बस्ने भन्नेबारेमा भने स्पष्ट भइनसकेको उहाँले बताउनुभयो ।

गएको साउन १० मा चिकित्सा शिक्षा विधेयक संशोधनमा सहमति भएको थियो । तर त्यो विधेयक लामो समयसम्म संशोधन नभएपछि १६ औँ सत्याग्रह बस्ने तयारीमा उहाँ दोस्रोपटक इलाम आइपुग्नु भएको हो  । 

सरकारसँग भएको सम्झौता अनुसार पूर्वमा पाँचथर अथवा इलाममा र सुदूरपश्चिममा डडेलधुरा र डोटी कुनै एक जिल्लामा र मध्य नेपालको उदयपुरमा सरकारी मेडिकल कलेज स्थापनाका लागि  सम्झौता भएको थियो । 

यस्तै, सातवटै प्रदेशमा मेडिकल कलेज खोल्ने कार्य अघि बढाउन, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस भर्ना खोल्नेलगायतका माग डा. केसीको रहेका छन्  ।

गएको पुस १५ गते मंगलबार इलाम आइपुग्नु भएका डा. केसीले सात दिनको ‘अल्टिमेटम’ दिएर अनसन स्थगित गर्नुभएको थियो ।

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुजता सुनुवार

सुजता सुनुवार उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया