पहाडी केही क्षेत्रमा आज पनि चट्याङ्ग र हावाहुरीसहित पानी पर्ने सम्भावना

 बैशाख २६, २०८१ बुधबार ८:५७:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – पहाडी केही क्षेत्रमा आज पनि चट्याङ्ग र हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको छ । पश्चिमी वायु, स्थानीय वायु, भारतको बिहार आसपास बनेको न्यूनचापीय प्रणालीको प्रभावले आज पनि मौसम आंशिक बदली छ । लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही ठाउँमा अहिले पानी परिरहेको मौसमविद् गोबिन्द झाले जानकारी दिनुभयो ।

हिजो काठमाण्डौ उपत्यकासहित देशका धेरैजसो ठाउँमा पानी परेको थियो । कतै हल्का र थोरै ठाउँमा ठूलो पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हिजो सबैभन्दा धेरै बाराको कलैयामा ७० दशमलव ६ मिलिलिटर, सिन्धुलीको नेपालथोकमा ५० दशमलव ८ मिलिलिटर, वीरगञ्जमा ४६ दशमलव ६ मिलिलिटर वर्षा मापन गरिएको छ ।
 

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया