दशैँ र तिहारमा स्याङ्जाका एउटै किसानले बेचे ५ लाख रुपैयाँका...
कात्तिक २२, २०८१ बिहिबार
अफ्रिकन वर्ष खेलाडीको उपाधि लिभरपुलका स्ट्राइकर मोहम्मद सलाहले जितेका छन् । लगातार दोस्रो पटक यो अवार्ड जित्न सफल सलाहले आफ्नै क्लबका साडियो माने र आर्सनलका स्ट्राइकर पिएरी इमिरेकलाई पछि पारे ।
सन् २०१८ मा अन्तराष्ट्रिय फुटबलका साथै देशका लागि पुर्याएको योगदानका आधारमा सलाहले यो अवार्ड लगातार दोस्रो पटक पाएका हुन् । सेनेगलमा आयोजना भएको विशेष समारोहमा सलाहले २०१७ र १८ को सिजनमा लिभरपुलका लागि ४८ गोल गरेका थिए । जसमा उनको प्रदर्शनले लिभरपुल च्याम्पियन्स लिगको फाइनलमा पुगेको थियो ।
यस्तै रसिया विश्वकपमा देशले खराब प्रदर्शन गरे पनि उनले दुई गोल गरेका थिए । सुरुवाती खेलमा चोटका कारण बेन्चमा बसेका सलाहले यो सिजनपनि २९ खेलमा १६ गोल गरेका छन । उपाधिसँगै सलाह वर्षको उत्कृष्ट टिम अफ दी इयरमा पनि परेका छन ।
उनीसँगै पिएरी पनि सो टिममा अटाएका छन् । यसअघि सलाहले बीबीसी वर्षको उत्कृष्ट अफ्रिकन फुटबलरको उपाधि पनि जितेका थिए ।
महिला तर्फ दक्षिण अफ्रिकाकी थेम्बी गाट्लानाले यो अवार्ड हात पारिन् । यही मंगलबारबाट इजिप्टले सन् २०१९ को अफ्रिकन कप अफ नेशन्सको आयोजना गर्दैछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।