पेस्तोल देखाएर लाखौँ रकम लुटपाट

 पुस २६, २०७५ बिहिबार १३:२२:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

सिरहा – हतियारसहितको डाँका समूहले कल्याणपुर नगरपालिका –३ प्रसाहीमा लाखौं मूल्यको धनमाल लुटपाट गरेको छ । डाँका समूहले बिहीबार बिहान १ बजे स्थानीय रामदेव मण्डलको घरबाट एक लाख नगदसहित सुन, चाँदी लुटपाट गरेको हो ।

दर्जनभन्दा बढीको समूहमा आएका लुटेराहरुले मण्डलको घरबाट एक लख नगद, १८ तोला सुन, पाँचसय ग्राम चाँदी, लेनदेनमा गरिएको कपाली तमसुक र अन्य कागजातसमेत लुटेर लगेको जनाएको छ । 

हल्ला गरे मारिदिने भन्दै लुटेराहरुले रामदेवको पेस्तोल तेर्स्याएर लुटपाट गरेका थिए । लुटेराले रामदेवको कञ्चटमा पेस्तोल तेर्स्याएर लुटपाट गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डीएसपी माधवराज गरेलले जानकारी थिए । लुटेराहरु बाँसको भर्‍याङ लगाई घरको छतमा चढेर घरभित्र पसि लुटपाट गरेका थिए ।

घटना लगत्तै पुगेका प्रहरीले कल्याणपुर नगरपालिका १२ बेल्हाबाट लुटेरा समूहलाई लखेट्दै जाँदा उनीहरुले एक–एक राउण्ड गोली लोड गरिएको दुईथान कटुवा पेस्तोल, तन्ना, चप्पल छाडेर भागेको डीएसपी खरेलले जानकारी दिनुभयो । लुटेरा समूह कमला खोला हुँदै धनुषातिर भागेका थिए । लुटेरा समूहको खोजी कार्य भइरहेको डीएसपीले जानकारी दिनुभयो ।

रामदेव कल्याणपुर नगरपालिकाका मेयर सूर्यनाथ मण्डलका दाई हुन् । यस अघिपनि कल्यानपुरकै ११ मा  पुस २२ गते माटोको घरमा सुरुङ्ग खनेर चोरी भएको थियो ।

 

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया