होटल जलमहलका सुविधा सम्पन्न कोठा अब सस्तोमा

 पुस २९, २०७५ आइतबार १२:४२:५ | उज्यालो सहकर्मी
unn.prixa.net

पर्यावरणीय सुन्दरताले भरिपूर्ण पोखराको घारिपाटनमा रहेको होटल जलमहलले बिभिन्न समयमा आकर्षक योजनाहरु ल्याउँदै आएको छ ।

स्थानीय पर्यटनलाई प्रवद्र्धन गर्ने उदेश्यका साथ स्थापना भएको यस होटलले अहिले पनि आफ्ना ग्राहकहरुमाझ विशेष अफर ल्याएको छ । अब होटल जलमहलका सुविधासम्पन्न कोठाहरु एकदमै कम मूल्यमा बुक गर्न मिल्नेछन् ।

होटल जलमहलको शान्त वातावरणमा कटेज स्ट्याण्डर्ड, कटेज डिलक्स, सनराइज डिलक्स र जलमहल प्रिमियम गरी चार प्रकारका कोठाहरु छन् । सस्तोमा कोठा चाहिएको हो भने कटेज स्ट्याण्डर्ड रोज्न सकिन्छ । एक रातको मात्र दुई हजार र थप एक बेडको ७ सय ५० रुपैयाँ पर्छ । यसमा एसीको व्यवस्था भने छैन ।

एसी चाहिएमा २ हजार ५ सय रुपैयाँमा कटेज डिलक्स बुकिङ गर्न सकिन्छ । यसमा पनि थप बेडको ७ सय ५० रुपैयाँ बढी तिर्नुपर्ने हुन्छ । बिहानीको चिसो हावामा सूर्यका किरणसँगै कोठा भित्रै बसेर मन शान्त पार्न चाहनुहुन्छ भने सनराइज डिलक्स उपयुक्त हुनसक्छ । एसी सहितको यो कोठा मात्र ३ हजार ५ सय रुपैयाँमा बुक गर्न मिल्नेछ ।

यस्तै जलमहलका सबै कोठाहरुमा भएका सुविधाहरु एकै कोठामा पाउन चाहनुहुन्छ भने जलमहल प्रिमियम तपाईंको लागि उपयुक्त हुन सक्छ । शान्त, सुन्दर र कोठामा भएको मनमोहक सजावटले ग्राहकको मन प्रफुल्ल बनाउँछ ।

यो अफरमा ब्रेकफास्टको व्यवस्था छैन । अफर आउँदो मार्च १५ अर्थात चैत १ गतेसम्म मात्र रहनेछ ।
 

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया