विद्युत् बक्यौता राफसाफ गर्न अर्थमन्त्रीसँग मेयर्स फोरमको अनुरोध
बैशाख १४, २०८१ शुक्रबार
काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले देशलाई समृद्धि बनाउने अभियानको नेतृत्व आफूलाई नै प्राप्त हुने बताउनु भएको छ ।
अध्यक्ष दाहालले नागरिकको अपेक्षा अनुसार आउँदो १० वर्ष देशलाई नेतृत्व गर्ने अवसर नेपाली नागरिकले आफूलाई नै दिने विश्वास पनि व्यक्त गर्नुभयो । आफूले जनयुद्धको नेतृत्व गरेको, संविधान निर्माणको नेतृत्व गरेको उल्लेख गर्दै अध्यक्ष दाहालले समृद्धिको महाअभियानलाई सफल बनाउन आगामी १० वर्ष नेतृत्व गर्न चाहेको पनि स्पष्ट पार्नुभयो ।
देशभक्त गणतान्त्रिक मंचले आइतबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले अझै १० वर्ष सक्रिय राजनीति गरेर देशलाई समृद्ध बनाउने योजना पनि सुनाउनुभयो ।
अध्यक्ष दाहालले देश समृद्धिको महाअभियानमा अघि बढेको उल्लेख गर्दै त्यसमा साथ दिन पनि सबैलाई आह्वान गर्नुभयो । कार्यक्रममा उहाँले बाबा बस्नेतद्धारा लिखित खण्डकाव्य ‘सेतो फरिया’ पनि बिमोचन गर्नु भएको थियो ।