दोषीहरुलाई चोख्याउन लेखा समितिको प्रतिवेदन सार्वजनिक गरिएन् : प्रदीप यादव

 पुस २९, २०७५ आइतबार २०:३२:४५ | उज्यालो सहकर्मी

काठमाण्डौ – संघीय समाजवादी फोरमका सांसद प्रदीप यादवले सार्वजनिक लेखा समितिले तयार पारेको प्रतिवेदन अझै सार्वजनिक नगरेको प्रति आपत्ति जनाउनुभएको छ ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै सांसद यादवले समितिले तयार पारेको प्रतिवेदन अझैसम्म सार्वजनिक नगर्नु संसदीय मर्यादामाथि प्रहार भएको भन्दै दोषिहरुलाई चोख्याउने चलखेल भएको आरोप लगाउनुभयो ।

अझैसम्म प्रतिवेदन समितिका सदस्यहरुको हातमा पनि नआएको भन्दै उहाँले छानबिन गर्न अख्तियार पठाउने भने पनि अझैसम्म त्यो प्रतिवेदन गए–नगएकोबारे आफूहरुलाई जानकारी नदिएको बताउनुभयो । 

भ्रष्टाचारका प्रकरणमा संलग्नलाई उन्मुक्ति दिँदै जाने हो भने सरकार र संसदको विश्वशनियता माथि नै प्रश्न उठ्ने उहाँले बताउनुभयो । वाइडबडी खरिद प्रकरणमा संलग्नलाई तत्काल निलम्बन गरी सत्यतथ्य कुरा बाहिर ल्याउनु पर्ने आवश्यकता रहेको पनि उहाँले बताउनुभयो । 
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया