कनकासुन्दरी गाउँपालिकाले छात्रवृत्तिमा 'एमबीबीएस' पढाउन थाल्याे
कात्तिक २२, २०८१ बिहिबार
एसियन कप फुटबलमा साेमबार २ वटा खेलहुँदै छन् । समूह ए का दुवै खेल राति पौने १० बजेदेखि सुरु हुनेछन् ।
साेमबारको खेलको नतिजाले यस समूहको प्रि क्वाटरफाइनलमा पुग्ने टिमको टुंगो लगाउने छ । जारी प्रतियोगितामा घरेलु टोली यूएई ४ अंकसहित शीर्ष स्थानमा रहँदा भारत र थाइल्याण्ड समान ३ अंकका साथ क्रमश: दोस्रो र तेस्रो स्थानमा रहेका छन् ।
यूएईले पहिलो खेलमा भारतलाई २–० ले पराजित गरेको थियो भने दोस्रो खेलमा बहराईनसँग एक एक गोलको बराबरीमा रोकिएको थियो । त्यसैले साेमबार यूएईले तेस्रो स्थानमा रहेको थाइल्याण्डलाई पराजित गरे शीर्ष स्थानमा रहँदै प्रि क्वाटरफाइनलमा पुग्ने छ । पराजित भए भारतको नतिजाले प्रभाव पार्ने छ ।
अर्को खेलमा भारत र बहराईन भिड्दै छन् । भारतले थाइल्याण्डमाथि फराकिलो जित निकाल्दा यूएईसँग भने स्तब्ध भएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।