चर्को खडेरीले अमेजन बेसिनका ४ लाख जनाभन्दा धेरै बालबालिका भ...
कात्तिक २२, २०८१ बिहिबार
भारत एसिया कप फुटबलको समूह चरणबाटै बाहिरिएको छ । समूह चरणको अन्तिम खेलमा बहराइनसाग पराजित भएपछि भारतको यात्रा समाप्त भयो ।
नियमित ९० मिनेटसम्म बहराइनलाई गोलरहित बराबरीमा रोकेको भारतले इन्ज्युरी समयको दोस्रो मिनेटमा पेनाल्टी ब्यहोर्न पुग्यो । पेनाल्टीलाई जमल रशिदले गोल गरेपछि भारत समूह चरणबाटै घर फर्किने पक्का भएको हो ।
बहराइनलाई बराबरीमा रोकेको भए भारत थाइल्याण्डलाई गोलअन्तरमा पछि पार्दै नकआउट चरणमा पुग्ने थियो । यसै समूहको अर्को खेलमा थाइल्याण्ड र घरेलु यूएईले १–१ गोलको बराबरीमा अंक बाँढेका छन् ।
यूएई पाँच अंक बटुल्दै समूहको विजेता बन्यो भने थाइल्याण्ड र बहराइनको चार–चार अंक भयो । तर गोल अन्तरमा बहराइन पछि पर्यो । भारतको भने तीन अंक मात्र छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।