अनसनरत डाक्टर केसीलाई ‘एन्टिबायोटिक’

 माघ २, २०७५ बुधबार ६:३२:४४ | सुजता सुनुवार
unn.prixa.net

इलाम –  स्वास्थ्य अवस्था बिग्रँदै गएपछि इलाममा अनसनरत डा.गोविन्द केसीलाई मंगलबार सुईबाट (आईभी एन्टिबायोटिक) औषधि दिन सुरु गरिएको छ ।

अस्पतालले जारी गरेको सूचनामा केसीको स्वास्थ्य अवस्था निकै कमजोर हुँदै गएकाले उहाँकै सहमतिमा आईभी एन्टिबायोटिक औषधि दिन सुरु गरिएको अस्पतालले जनाइएको छ । उपचारमा संलग्न निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. विजेन्द्रकुमार साहले केसीलाई अन्य कुनै पनि औषधि प्रयोग नगरिएको जानकारी दिनु भएको छ  ।

डाक्टर केसीले हालै संसदको शिक्षा तथा स्वास्थ्य समितिबाट पारित भई संसदमा पेश भएको चिकित्सा शिक्षा विधेयकमा आपूmसँग १५ औँ सत्याग्रहका क्रममा सरकारले गरेका सहमति समेट्नु पर्ने सहितका ६ बुँदे माग राखेर गएको पुस २५ गतेबाट इलाममा १६ औँ सत्याग्रह सुरु गर्नु भएको हो । डा.केसीको अनसन आठौँ दिन पुग्दा पनि सरकार मौन रहेको केसीका सर्मथकले बताएका छन् ।
 

डा. शाहका अनुसार अनसनरत डा. केसीको मुटुको चाल घटेर ३५ र बढेर २०० सम्म पुगेको छ भने शरीरमा अक्सिजनको मात्रा घटेर ८० प्रतिशतसम्म पुगेको छ । 

डा. शाहका अनुसार केसीलाई आईसीयूमा राख्नुपर्ने भए पनि अस्पतालमा आईसीयू नभएकाले उपचारमा समस्या देखिएको छ । उपचारका लागि डा. केसी अन्यन्त्र जान नमानेपछि इलाम अस्पतालमै आईसीयूको सेवा दिने तयारीसमेत भइरहेको उहाँले बताउनुभयो ।
 

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुजता सुनुवार

सुजता सुनुवार उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया