प्रयागराज कुम्भ मेला : ४९ दिन, १२ करोड भक्तजन

 माघ २, २०७५ बुधबार ११:५५:१७ | एजेन्सी
unn.prixa.net

विश्वकै ठूलो मानिने कुम्भ मेला भारतको उत्तर प्रदेशको प्रयागराजमा मंगलबारबाट सुरु भएको छ । 

४९ दिनसम्म चल्ने यो मेलाको समापन मार्च ४ मा हुनेछ भने यसबीचमा आठ मुख्य पर्वमा शाही स्नान हुनेछ । 

प्रयागराजमा गंगा नदी, यमुना नदी र मिथकीय सरस्वती नदीको संगमस्थलमा मंगलबार मात्रै एक करोड ५० लाख भक्तजनले डुबुल्की मारेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । ४९ दिनसम्म चल्ने कुम्भ मेलामा झण्डै १२ करोड भक्तजन आउने अनुमान गरिएको छ । त्यसमध्ये झण्डै १२ लाख विदेशी नागरिक हुने बताइएको छ । 

प्रयागराज जहाँ कुम्भ मेला चलिरहेको छ, त्यहीँबाट नै ब्रह्माण्डको उत्पत्ति भएको धार्मिक विश्वास गरिन्छ ।

कुम्भ मेलाको एक झलक

  • गंगा, यमुना र पौराणिक सरस्वती नदीको संगम प्रयागराजमा लाग्ने कुम्भ मेलामा संसारभरका हिन्दूहरु भेला हुनेछन् ।
  • सात हप्तासम्म चल्ने कुम्भ मेलामा झण्डै १२ करोड भक्तालु आउने अपेक्षा गरिएको छ । यो संख्या गएको वर्ष साउदी अरेबियामा हज यात्रामा जानेहरुभन्दा निकै बढी हो । 
  • ज्योतिष शास्त्रअनुसार कुम्भ मेलाको स्थान, मिति र समयसीमा निर्धारण हुनेछ । 
  •  सन् २०१३ मा महाकुम्भ मेला लागेको थियो । महाकुम्भ मेला हरेक १४४ वर्षमा लाग्ने गर्छ । त्यतिबेला झण्डै १० करोड भक्तजनहरु मेलामा उपस्थित भएका थिए । – यो वर्षको मेलाका एक लाख २२ हजार शौचालय निर्माण गरिएको छ ।
  • फोहोर संकलनका लागि २० हजार डस्टबिन राखिएको छ । 
  •  मेलाको सुरक्षा व्यवस्थाका लागि १० हजार सुरक्षाकर्मी परिचालन गरिएको छ ।
  • ४ हजार २ सय टेन्ट लगाइएको छ भने मेलामा आउने–जाने यात्रुहरुको सहजताका लागि एक हजार ५ सय रिक्सा र ५२४ वटा बसको व्यवस्था गरिएको मेला आयोजकले जनाएको छ । 

 

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया