सेती लोकमार्ग : १५ वर्षमा एक सय २६ किलोमिटर मात्र ट्र्याक खुल्याे
बैशाख १४, २०८१ शुक्रबार
काठमाण्डाै - प्रधानमन्त्री केपी शर्मा ओलीले जनताले महसुस गर्ने गरी विकास निर्माणका काम तीव्र ढंगले अघि बढेको बताउनुभएको छ ।
धुम्बाराहीमा शनिबार पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दे प्रधानमन्त्री ओलीले तीव्र गतिको आर्थिक वृद्धि हासिल गर्ने दिशामा सरकार अघि बढेको बताउनुभएको हो ।
आफूले सरकारको नेतृत्व सम्हाल्दै गर्दा ऐन कानुनदेखि सम्पूर्ण रुपमा नया संरचना कायम गर्नुपर्ने मूल जिम्मेवारी पनि काँधमा रहेकाले विकास निर्माणका काम केही पछि परेजस्तो देखिएको उहाँकाे तर्क थियो ।
नेपाली कांग्रेस चितवनका पूर्व जिल्ला सभापति तीर्थ भुषाललाई पार्टी प्रवेश गराउनुहुँदै ओलीले संविधान कार्यान्वयनका लागि नयाँ कानुन बनाउने काम बिस्तारै सकिँदै गएकाले अब देश तीव्र गतिमा आर्थिक विकासको बाटोमा अघि बढ्ने दाबी उहाँले गर्नुभयो ।
भुषाललाई नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षसमेत रहनु भएका प्रधानमन्त्री ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले फुलमाला लगाएर पार्टी प्रवेश गराउनुभएकाे हाे ।
चितवन कांग्रेसका संस्थापक नेता समेत रहेका भुसाल २०५१ सालको निर्वाचनमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।