समृद्धिका लागि कृषि र पर्यटन पहिलो नम्बरमा: मुख्यमन्त्री राई

 माघ ६, २०७५ आइतबार २०:३०:० | सुजता सुनुवार
unn.prixa.net

इलाम – स्थानीय तहको विकास र समृद्धिका लागि कृषि र पर्यटनलाई पहिलो प्राथमिकतामा राखेको प्रदेश नम्बर एकका मुख्यमन्त्री शेरधन राईले बताउनु भएको छ ।

आइतबार सुर्योदय नगरपालिकाको चौथो नगरसभाबाट पर्यटकीय नगरको रुपमा घोषणा गर्दै उहाँले प्रदेश विकासमा कृषि र पर्यटनलाई पहिलो नम्बरमा राखेर काम गर्ने जानकारी दिनुभएको हो । 

नगरसभालाई सम्बोधन गर्दै नगरपालिकालाई पर्यटकका लागि व्यवस्थित रुपमा सजावट गरी नमूना नगरको रुपमा विकास गर्न सकिने उहाँको तर्क थियो । उहाँले भन्नुभया, ‘पर्यटकहरुलाई थोरैमा चार दिनसम्म राख्न सकिने पूर्वाधार खडा गर्न जरुरी छ ।’

सका लागि सूचना प्रविधिको युगमा इन्टरनेट पहुँचलाई भरपर्दो र द्रुत गतिको बनाउन नगरलाई आग्रह समेत गर्नु भयो । 

यस्तै प्रदेश सरकारले आगामी हिउँदे अधिवेसनमा हरियाली प्रदेशको रुपमा प्रदेश नम्बर १ लाई घोषणा गर्ने र प्रदेशलाई आत्मनिर्भर बनाउन अभियान चलाइने उहाँको भनाई थियो ।

संघीय सरकारले देशभरका सय पर्यटकीय गन्तव्यको सूचीमा श्रीअन्तु सर्किट परेको छ । यसकारण नगरलाई अनलाइन सिस्टममा सञ्चालन गरिएको र इ–प्रविधिलाई विद्यालय तहसम्म पुर्याइएको सभामा सुर्योदय नगरका प्रमुख रणबहादुर राईले जानकारी दिनुभयो ।

उहाँले नगरको प्रोफाइल, एकीकृत पाश्र्वचित्र बनिसकेकोले एकीकृत आवधिक गुरुयोजना बनाएर स्थानीयवासीका आवश्यकताअनुसार अगाडि बढ्ने बताउनु भयो ।

चौथो सभा सम्पन्न भएपछि सुर्योदय नगरपालिका अन्तर्गत सबै तहमा अब प्रयोग हुने लेटरप्याडमा पर्यटकीय नगर लेखिने भएको छ ।
 

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुजता सुनुवार

सुजता सुनुवार उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया