छोरीलाई बलात्कार गरेको आरोपमा बाबु गिरफ्तार

 असार ५, २०७५ मंगलबार १६:३९:६ | उज्यालो सहकर्मी

सल्यान – छोरीलार्इ बलात्कार गरेको आरोपमा एक जनालाई प्रहरीले गिरफ्तार गरेको छ । 

कालीमाटी गाउँपालिका –५, निवासी ३३ वर्षीय एक जना पुरुषले ११ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले असार ३ गते गिरफ्तार गरेको जानकारी दिएकाे छ ।  

२०७५ जेठ २० गते राति आफ्नै घरमा बलात्कार गरेको भन्दै बालिकाको मामाले असार ३ गते जिल्ला प्रहरी कार्यालय सल्यानमा मुद्दा दायर गरेका थिए । पीडित बालिकाको जिल्ला अस्पताल सल्यानमा स्वास्थ्य परीक्षण गरिएको छ । 

आरोपितलाई हिरासतमा राखी घटना बारे थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक भरतबहादुर विकले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया