कार्डिफ सिटीका स्ट्राइकर इमिलियानो साला भेटिने सम्भावना समाप्त

 माघ ९, २०७५ बुधबार १९:३८:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

दुई दिनदेखि विमानसहित बेपत्ता भएका कार्डिफ सिटीका स्ट्राइकर इमिलियानो साला भेटिने सम्भावना सकिएको छ । सोमबार राति उनी चढेकाे जहाज सम्पर्कविहीन भएको थियो ।

उनको खोजीमा रहेका अधिकारीहरुले जिवितै भेटिने सम्भावना सकिएको बताएका छन् । २८ वर्षे अर्जेन्टाइन स्ट्राइकरकाे जहाज एल्डर्नी च्यानलबाट सम्पर्कविहीन बनेको थियो ।

विमानबाट उनले आफ्नो परिवारलाई वाट्सएपमा निकै डर लागेको भन्ने म्यासेज पठाएको उनको परिवारलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।

अर्जेन्टिनाका मिडियाले भनेका छन्, ‘म प्लेनमा छु’, जुन खस्न लागेको छ ’ भन्ने म्यासेज पठाएको जनाएका छन् । उनको खोजीमा पाँचवटा विमान र दुईवटा डुँगा प्रयोग गरिएको छ । समुद्रमा उनलाई एक हजार वर्ग माइलको क्षेत्रमा खोजी गरिएको छ ।’

कार्डिफ सिटीले शनिबारमात्र यी खेलाडीलाई फ्रेन्च क्लब नान्टेबाट क्लबकै कीर्तिमानी रकममा अनुबन्ध गरेको थियो । उनलाई कति रकममा क्लबमा भित्राएको हो भन्ने खुलासा कार्डिफले नगरेपनि ११ मिलियन पाउण्ड भन्दा बढी रहेको बुझिएको छ ।

साला बेपत्ता भएको खबरले कार्डिफले ‘स्तब्ध’ भएको प्रतिक्रिया दिएको छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया