राफेल नाडाल अस्ट्रेलियन ओपनको फाइनलमा

 माघ १०, २०७५ बिहिबार १६:४४:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

राफेल नाडाल अस्ट्रेलियन टेनिसको फाइनलमा प्रवेश गरेका छन् ।

स्पेनिस खेलाडी नाडालले ग्रीसका स्टेफानोस टिस्टीपसलाई सोझो सेटमा पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेका हुन् । सबैभन्दा कम उमेरका स्टेफानोसले रोजर फेडेरलाई पराजित गर्दै सेमिफाइनलमा पुगेका थिए । तर सेमिफाइनलमा नाडाललाई भने चुनौती दिन असफल भएका थिए ।

नाडालले पहिलाे सेट ६–२ ले जित्दा दोस्रो सेट भने स्टेफानोसले ६–४ ले आफ्नो पक्षमा पारेका थिए । तेस्रो तथा निर्णायक सेटमा नाडालले कुनै पनि गल्ती गरेनन् र ६–० ले आफ्नो पक्षमा पारे ।

नाडालले अब अस्ट्रेलियन ओपनको उपाधिका लागि नोभाक जोकोभिच र लुकास पोइलबीचकाे विजेतासँग प्रतिस्पर्धा गर्नेछन् । दोस्रो सेमिफाइनलमा शुक्रबार पोइल र नोभाक जोकोभिचले प्रतिस्पर्धा गर्नेछन् ।

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया