च्याम्पियन्स लिग सेमिफाइनलको दोस्रो लेगमा पीएसजी र डर्टमन्ड खेल्दै

 बैशाख २५, २०८१ मंगलबार १८:२५:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : एजेन्सी

काठमाण्डौ – यूईएफए च्याम्पियन्स लिग फुटबलमा आज सेमिफाइनलअन्तर्गत दोस्रो लेगको खेल हुँदैछ । आज राति पौने १ बजे फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेइन (पीएसजी) र जर्मन क्लब बोरुसिया डर्टमन्ड खेल्दैछन् । यो खेल पीएसजीको घरेलु मैदान पार्क डेस प्रिन्सेसमा हुनेछ ।

यसअघि सिग्नल इडुना पार्कमा भएको पहिलो लेगमा घरेलु टोली डर्टमन्डले १–० गोलको अग्रता लिएको थियो । क्वार्टरफाइनलमा डर्टमन्डले स्पेनी क्लब एट्लेटिको मड्रिड र पीएजसीले अर्काे स्पेनी क्लब बार्सिलोनालाई हराएर अन्तिम चारमा पुगेका हुन् ।

डर्टमन्डले एथ्लेटिकोलाई ५–४ र पीएसजीले बार्सिलोनालाई ६–४ गोलले हराएको थियो । डर्टमन्डले एक पटक च्याम्पियन्स लिगको उपाधि जितेको छ भने पीएसजी अहिलेसम्म विजेता बन्न सकेको छैन । यस्तै अर्काे सेमिफाइनलको दोस्रो लेगमा भोलि रियल मड्रिड र बार्यन म्युनिख खेल्दैछन् । च्याम्पियन्स लिगको फाइनल खेल आउँदो जुन २ तारिखमा बेलायतको वेम्ब्ले स्टेडियममा हुनेछ ।

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया