दोस्रो एक दिवसीयमा रोहित कुमार पौडेलकाे शानदार अर्धशतक

 माघ १२, २०७५ शनिबार १४:५०:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

यूएईविरुद्धको दोस्रो एक दिवसीय खेलमा रोहित कुमार पौडेलले अर्धशतक बनाएका छन् ।

उनले ५४ बलमा ७ चौकाको सहयोगमा ५० रन पूरा गरेका हुन् । उनी ५८ रनमा ५५ रन बनाउँदै आमिर हयातकाे बालमा खेलकाे ४७ ओभरकाे पहिलाे बलमा आउट भए ।

पाँच जना खेलाडी आउट भएपछि क्रिजमा आएका रोहितले आरिफ शेखसँग दरिलो साझेदारी पनि गरेका छन् । जुन, नेपाली एक दिवसीय क्रिकेटमा सबैभन्दा धेरै रनको साझेदारी हो । उनीहरूकाबीचमा ८२ रनको साझेदारी भएको थियो ।

उनले अनिल कुमार शाह र ज्ञानेन्द्र मल्लले नेदरल्याण्ड्सविरुद्ध गरेको ५८ रनको साझेदारी र आजै ज्ञानेन्द्र मल्ल र विनोद भण्डारीको ६१ रनको साझेदारीलाई पछि पारेका छन् ।

अन्तिम अपडेट: कात्तिक १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया