१९ वर्षमुनिको महिला विश्वकप छनोट : नेपालले कुवेतलाई १ सय ८ ...
कात्तिक २२, २०८१ बिहिबार
न्यूजिल्याण्डविरुद्धको दोस्रो एक दिवसीय क्रिकेटमा भारत ९० रनले विजयी भएको छ ।
जितसँगै ५ वटा एकदिवसीय सिरिजमा भारतले २–० को अग्रता लिएको छ । ३२५ रनको लक्ष्य पछ्याएको न्यूजिल्याण्डले ४०.२ ओभरमा २३४ रनमात्र बना एकाे थियाे ।
सुरुदेखिनै दबाबमा आएकाे न्यूजिल्याण्डका लागि आठौं नम्बरमा ब्याटिङ गर्न आएका डग ब्रेसवेलले सर्वाधिक ५७ रन बनाएका थिए ।
भारतका लागि कुलदीप यादबले ४ तथा भुवनेश्वर कुमार र युज्बेन्द्र चहलले दुई-दुई विकेट लिए । टस जितेर पहिला ब्याटिङ गरेको भारतले ५० ओभरमा ४ विकेट गुमाउँदै ३२४ रन बनाएको थियो । रोहित शर्मा र शिखर धवनले १५४ रनको साझेदारी गर्दै बलियो सुरुआत गरेका थिए ।
शर्मा ८७ तथा धवन ६६ रनमा आउट भएका थिए । कप्तान विराट कोहली ४३ रनमा आउट हुँदा अम्वाती रायडु ४७ रनमा पेभेलियन फर्किए ।
भारतका लागि अन्तिमसम्म महेन्द्रसिंह धोनी ४८ तथा केदार जादव २२ रन बनाएर नट आउट रहे । न्यूजिल्याण्डका लागि ट्रेन्ट बोल्ट र लक फर्गुसनले २–२ विकेट लिएका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।