१९ वर्षमुनिको महिला विश्वकप छनोट : नेपालले कुवेतलाई १ सय ८ ...
कात्तिक २२, २०८१ बिहिबार
काठमाण्डाै - नेपाली क्रिकेट टिमका ब्याट्सम्यान रोहितकुमार पौडेल सबैभन्दा कम उमेरमा अर्धशतक बनाउने विश्वकै पहिलो खेलाडी भएका छन् ।
At the age of just 16 years and 146 days, Nepal's Rohit Paudel today became the youngest man to hit an international half-century, beating the likes of @sachin_rt and @SAfridiOfficial! 🇳🇵 🙌
— ICC (@ICC) January 26, 2019
➡️ https://t.co/lRo5UTfuFd pic.twitter.com/qsqZQDYX5y
आईसीसीले मान्यता दिएको एक दिवसीय क्रिकेट प्रतियोगितामा रोहितले शनिबार यूएईविरुद्ध अर्धशतक पूरा गरेका हुन् । उनले यसअघि पाकिस्तानका साइद अफ्रिदीको नाममा रहेको सबैभन्दा कम उमेरमा प्रहार गरेको अर्धशतकको रेकर्ड ब्रेक गरेका हुन् ।
अफ्रिदीले सन १९९६ मा श्रीलंकाविरुद्ध अर्धशतक बनाएका थिए । त्यतिबेला अफ्रिदी १६ बर्ष २१७ दिनका थिए ।
रोहितकुमारले बनाएकाे ५८ बलमा ५५ रन पनि कीर्तिमानी सावित भएकाे छ । यससँगै १६ वर्ष १४६ दिनका रोहित अन्तरराष्ट्रिय क्रिकेटमा पहिलो अर्धशतक बनाउने युवा पुरुष खेलाडी बनेका हुन् । यसअघि भारतीय खेलाडी सचिन तेन्दुलकरको नाममा यो रेकर्ड रहेको थियो ।
उनले १६ वर्ष २१३ दिनको उमेरमा पाकिस्तानविरुद्धको टेस्ट क्रिकेटमा ५९ रन बनाएका थिए ।
युएईविरुद्ध शनिबार अर्धशतक बनाएका रोहित कुमार पौडेलको उमेर १६ बर्ष १४६ दिन हो । जुन अफ्रिदीभन्दा रोहित ७१ दिनले कान्छो छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।