अष्ट्रेलियन ओपन टेनिसको उपाधि जापानी खेलाडी नाओमी ओशाकालाई

 माघ १२, २०७५ शनिबार २०:६:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

वर्षको पहिलो ग्राण्डस्लाम अष्ट्रेलियन ओपन टेनिसको उपाधि जापानी खेलाडी नाओमी ओशाकाले जितेकी छिन् ।

चेक गणतन्त्रकी पेट्रा भिटोभालाई २–१ को प्रतिष्पर्धात्मक सेटमा हराउँदै ओशाकाले दोस्रो ग्राण्डस्लाम उपाधि जितेकी हुन् । अघिल्लो वर्षको युएस ओपन जितेकी ओसाकाको यो लगातार दोस्रो ग्राण्डस्लाम उपाधि हो ।

यो उपाधिसँगै ओसाका विश्व वरियताको शीर्ष स्थानमा उक्लिने पक्का भएको छ । 

भिटोभाविरुद्धको खेलमा २१ वर्षे ओसाकाले नौ एसेज प्रहार गरेकी थिइन् । आठौं वरियताकी भिटोभाविरुद्धको पहिलो सेटमा ७–६ को टाइब्रेकरमा जित निकालेकी ओसाका दोस्रो सेटमा भने पराजित भइन् ।

दोस्रो सेटमा उनी ५–७ ले पराजित भएकी थिइन् । अन्तिम सेटमा ओसाकाले ६–४ को जित निकालिन् । पुरुष तर्फको उपाधिका लागि भोलि शीर्ष वरियताका नोभाक जोकोभिच र दोस्रो वरियताका राफेल नाडालले प्रतिष्पर्धा गर्दैछन् ।

अन्तिम अपडेट: कात्तिक १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया