वर्षाले बिथोल्यो राष्ट्रिय खेलकुद प्रतियाेगिताको खेलस्थल निर्माण कार्य

 माघ १३, २०७५ आइतबार १५:२:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

बाँके – ८ औं राष्ट्रिय खेलकुद प्रतियोगिताको मुख्य खेलस्थल नेपालगञ्ज रङ्गशालामा निर्माण कार्यमा वर्षाले बिथोलेको छ ।

आइतबारदेखि दुबो लगाउने योजना  बनाएको भए पनि शुक्रबारको वर्षाले माटोको लेबल बिगारेपछि नेपालगञ्जमा रोप्ने भनिएको दुबो दाङ पठाइएको छ ।

दुबो रोप्नका लागि नेपालगञ्जमा फेरि माटो सम्याउने काम सुरु गरिएको प्रदेश खेलकुद विकास समितिका अध्यक्ष भिम वलीले जानकारी दिनुभयो ।

रङ्गशालाभित्र अहिले ट्रयाक एण्ड फिल्डसहितको रङ्गशाला, पौडी पोखरी, भारोत्तोलन, सुटिङ्ग रेञ्जको निर्माण र कभर्ड हलको मर्मतसम्भार भइरहेको छ ।

यसैगरी सरकारले मुआब्जा दिने निर्णय गरेपछि नेपालगञ्ज उप–महानगरपालिकाले २ कठ्ठा ७ धुरमा सप्mट टेनिस कोर्ट निर्माण गरिरहेको छ । 

भीआईपी प्यारापिटको निर्माणस्थलमा पानी जमेपछि आइतबारदेखि पम्पसेट प्रयोग गरी पानी निकाल्ने कार्य पनि भइरहेको छ । 

पूर्वनिर्धारित कार्यक्रम अनुसार माघ २५ देखि फागुन ३ गतेसम्म गरिने भनिएको राष्ट्रिय खेलकुद प्रतियोगितामा निर्माण कार्य पूरा नभएका कारण फागुन मध्यसम्म सुरुवात गर्ने राष्ट्रिय खेलकुद परिषद्को तयारी याेजना छ । 

अन्तिम अपडेट: कात्तिक १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया