१९ वर्षमुनिको महिला विश्वकप छनोट : नेपालले कुवेतलाई १ सय ८ ...
कात्तिक २२, २०८१ बिहिबार
जर्मन बुण्डेस लिगाको दोस्रो स्थानमा रहेको साविक विजेता बायर्न म्युनिखले रेलिगेसनबाट जोगिन संघर्षरत स्टूटगार्टमाथि ४–१ गोलअन्तरको शानदार जित हासिल गरेको छ ।
जितपछि बायर्नले शीर्ष स्थानको बोरुसिया डर्टमण्डसँगको दूरी ६ अंकमा यथावत राखेको छ । समान १९ खेलबाट डर्टमण्डको ४८ र बायर्नको ४२ अंक छ ।
घरेलु मैदान एलियान्ज एरेनामा बायर्नले पहिलो हाफ एक–एक गोलको बराबरी खेलेको थियो । पहिलो हाफमा चुनौती दिएको स्टुटगार्टले दोस्रो हाफमा भने तीन गोल खान पुग्यो ।
५५औं मिनेटमा क्रिष्टियन जेन्टरले आत्मघाती गोल गरेपछि पाहुना टोली स्टुटगार्टले लय गुमाउन पुग्यो ।
७१औं मिनेटमा लियोन गोरेज्गाले बायर्नलाई तीन एक गोलको अग्रता दिलाए ।
६६औं मिनेटमा पेनाल्टीमा गोल गर्न चुकेका रोवर्ट लेबाण्डोस्कीले ८४औं मिनेटमा टिमका लागि चौथो र विजयी गोल गरे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।