१९ वर्षमुनिको महिला विश्वकप छनोट : नेपालले कुवेतलाई १ सय ८ ...
कात्तिक २२, २०८१ बिहिबार
भारतविरुद्ध न्यूजिल्याण्ड ८ विकेटले विजयी भएको छ । पाँच एक दिवसीय सिरिज हारिसकेको न्यूजिल्याण्ड सान्त्वना जितको खोजीमा छ ।
५ मध्ये तीन खेलमा पराजित हुँदै यसअघिनै सिरिज गुमाएको न्यूजिल्याण्डले चौथो खेलमा भारतमाथि ८ विकेटको जित निकाल्दै शृंखला ३–१ मा ल्याएको छ । अब अन्तिम एक दिवसीय प्रतियोगिता शनिबार हुने छ । हेमिल्टनमा भारतले दिएको ९३ रनको सामान्य लक्ष्य न्यूजिल्याण्डले १४.४ ओभरमा २ विकेट गुमाएर पूरा गरेको थियो ।
घरेलु टोलीलाई जिताउन हेनरी निकोलस र रस टेलेरले ५४ रनको साझेदारी गरेका थिए । टेलर ३७ तथा निकोलस ३० रनमा नट आउट रहे ।
मार्टिन गुप्तिलले भुवनेश्वर कुमारको सुरुका तीन बलमा लगातार बाउन्ड्री प्रहार गर्दै १४ रन जोडेका थिए । तर चौथो बलमा हार्दिक पाण्ड्याको हातबाट क्याच आउट हुँदै पेभेलियन फर्किए । दोस्रो विकेटको रुपमा केन विलियम्सन आउट भए । उनलाई पनि भुवनेश्वर कुमारले व्यक्तिगत ११ रन बनाएकाबेला विकेट किपरको हातबाट आउट गराएका थिए ।
टस हारि पहिला ब्याटिङ गरेको भारत ३०.५ ओभरमा ९२ रन बनाएर अल आउट भयो । नियमति कप्तान विराट कोहली र महेन्द्रसिंह धोनीलाई बिश्राम दिएको भारतको कप्तानी रोहित शर्माले लिएका थिए ।
आज भारतीय पालिलाई पुरै ध्वस्त पार्न न्यूजिल्याण्डका ट्रेन्ट बोल्टले सर्वाधिक ५ विकेट लिए । १० ओभर बलिङ गर्दा बोल्टले ४ ओभर मेडन राख्दै २१ रन खर्चिएका थिए । भारतका रोहित शर्मा, शिखर धवन, शुभमन गिल,केदार जादब र हार्दिक पाण्ड्या बोल्टका सिकार भएका थिए ।
कोलिन डी ग्राण्डहोमले तीन विकेट लिँदा दिनेश कार्तिक, अम्वाती रायडू र भुवनेश्वर कुमारलाई पेभेलियनको बाटो देखाए ।
टोड स्टलले एक विकेट लिँदा कुुलदीप यादवलाई आउट गरे । यसैगरी जेम्स निसमले पहिलो ओभरको पाँचौ बलमा खलिल अहमदलाई आउट गरे पछि भारतको पालि समाप्त भएको थियो ।
भारतकालागि नवौ विकेटका लागि कुलदीप यादब र युजबेन्द्र चहलकाबीचमा सर्वाधिक २५ रनको साझेदारी हुँदा शिखर धवन र रोहित शर्माकाबीचमा २१ रनको ओपनिङ साझोदारी भएको थियो । त्यसपछि कुनै पनि खेलाडीका बीचमा लामो साझेदारी नहुँदा भारत ९२ रनमा समेटिएको थियो । युजबेन्द्र चहलले १८ रनमा नट आउट रहँदा हार्दिक पाण्ड्याले १६, कुलदीप यादवले १५ तथा शिखर धवनले १३ रन बनाएका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।