१९ वर्षमुनिको महिला विश्वकप छनोट : नेपालले कुवेतलाई १ सय ८ ...
कात्तिक २२, २०८१ बिहिबार
काठमाण्डौ – यूएईविरुद्ध १५४ रनको लक्ष्य पछ्याएको नेपालले महत्वपूर्ण विकेटका रुपमा कप्तान पारस खड्कालाई पनि गुमाएको छ ।
योसँगै नेपालले आफ्ना चार महत्वपूर्ण विकेट गुमाएको छ । कप्तान पारस खड्का चौथो विकेटका रुपमा २५ रन बनाउँदै आउट भए । उनलाई जहूर खानको बलमा सुल्तान अहमदले क्याच आउट गरे । पहिलो बलमै प्रदीप ऐरी आउट भएपछि नेपालको इनिङ उकास्ने प्रयास गरिरहेका बेला ७.५ ओभरमा पारस चौथो विकेटको रुपमा आउट भए ।
पहिलो ओभरको पहिलो बलमै प्रदीप ऐरीलाई गुमाएको नेपालका लागि पारस खड्का र ज्ञानेन्द्र मल्लले तेस्रो विकेटका लागि ३१ रन को साझेदारी गरे । ज्ञानेन्द्र ७ रनमा आउट भए । उनलाई ४.५ ओभरमा सुल्तान अहमदले आउट गरेका हुन् ।
त्यस्तै नेपालको तेस्रो विकेटका रुपमा दीपेन्द्रसिंह ऐरी आउट भएका थिए । उनलाई अमिर हायातको बलमा सुल्तान अहमदले क्याच गरेका हुन् । ऐरीले मात्र चार रन बनाए ।
क्रिजमा अहिले रोहित पौडेल र सन्दीप जोरा रहेका छन् । ताजा अवस्थामा नेपालले ९ ओभरकाे समाप्तिमा ४ विकेट गुमाएर ५५ रन बनाएको छ ।
टस हारी पहिला ब्याटिङ गरेको यूएईले निर्धारित ओभरमा ६ विकेट गुमाएर १५३ रन बनाएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।