१९ वर्षमुनिको महिला विश्वकप छनोट : नेपालले कुवेतलाई १ सय ८ ...
कात्तिक २२, २०८१ बिहिबार
यूएईविरुद्धकाे पहिलाे टी-२० मा नेपालले छैटौं विकेट गुमाएको छ । छैटौं विकेटको रुपमा करण केसी ४ रन बनाएर पेभेलियन फर्किएका छन् ।
करणलाई सुल्तान अहमदले कट एण्ड बोल्ड गरेका थिए ।
यसअघि पाँचौ विकेटको रुपमा रोहित कुमार पौडेल ४ रन बनाएर आउट भएका थिए । उनलाई जहूर खानले क्याच आउट भएका हुन् ।
त्यसअघि चौथो विकेटको रुपमा नेपालका भरपर्दा ब्याट्सम्यान पारस खड्का २५ रन बनाएर आउट भए । ओपनिङ गर्न आएका पारस २५ बल खेल्दै २५ रन बनाएर आउट भए । उनले ४ चौका प्रहार गरे ।
पहिलो बलमै प्रदीप ऐरी आउट भएपछि नेपालको इनिङ उकास्ने प्रयास गरिरहेका बेला ७.५ ओभरमा पारस चौथो विकेटको रुपमा आउट भए । अहिलेसम्म नेपालका प्रदीप ऐरी, ज्ञानेन्द्र मल्ल ७ रन बनाउँदा दीपेन्द्रसिंह ऐरी ४ रनमा आउट भए ।
क्रिजमा अहिले सन्दीप जोरा र सोमपाल कामी रहेका छन् । सन्दीप जोरा ४० रन बनाएर खेलिरहेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।