अविवाहित युवतीले जन्माइन् अस्पतालमा शिशु, बुवाको खोजी गरिँदै

 माघ २०, २०७५ आइतबार १८:०:१० | सुजता सुनुवार

इलाम – इलाम अस्पतालमा एक अविवाहित युवती आइतबार बच्चा जन्माएकी छिन् । अविवाहित युवती बालिका सुनारले अस्पतालमा बिहान साढे दुई बजे बच्चालाई जन्म दिइएको बताइएको छ ।

जिल्लाको सन्दकपुर गाउँपालिका वडा नम्बर ३ की १९ वर्षकी सुनार बिरामी भए भन्दै अस्पताल भर्ना भएको अस्पतालले जानकारी दिएको छ । 

हालसम्म बच्चाको बुबा पत्ता नलागेकोले खोजी भइरहेको छ । अस्पतालमा भर्ना भएकी ती युवतीले ट्वाइलेट जान्छु भनी ट्वाइलेट जाँदा त्यहीँ नै शिशुलाई जन्म दिएको बताइएको छ । 

नवजात शिशु छोरी रहेको र उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ । आमा र बच्चा दुवैलाई इलाम अस्पतालमा राखिएको छ । बच्चाको वुवाको खोजीकार्य जारी राखिएको जिल्ला प्रहरी कार्यलय इलामले जानकारी दिएको छ ।
 

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुजता सुनुवार

सुजता सुनुवार उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया