१९ वर्षमुनिको महिला विश्वकप छनोट : नेपालले कुवेतलाई १ सय ८ ...
कात्तिक २२, २०८१ बिहिबार
नेपाली राष्ट्रिय क्रिकेट टोली सोमबार स्वदेश फर्कँदै छ । यूएईविरुद्धको एक दिवसीय र टी–२० सिरीज जितेर नेपाली क्रिकेट टिम सोमबार स्वदेश फर्कन लागेको हो । नेपाली क्रिकेट टिम आज अपरान्ह साढे ३ बजे काठमाण्डौ आइपुग्ने छ ।
२ साताअघि तीन वटा एक दिवसीय र तीन वटा टी–२० सिरिज खेल्न गएको नेपाली टोली दुवै सिरिज २–१ ले जितेर फर्कन लागेको हो ।
आईसीसीले ४ वर्षलाई एक दिवसीय मान्यता दिएपछि दोस्रो सिरीज खेलेको नेपालले उपाधि नै हात पार्न सफल भयो । पहिलो सिरीजमा पनि नेपाल पराजित भएको थिएन ।
नेपाले पहिलो सिरिजमा नेदरल्याण्ड्ससँग खेल्दा बराबरीमा फर्किएको थियो । यस पटक एक दिवसीय र टी–२० का सुरुका खेल हारे पनि लगातार दुई–दुई खेल जित्दै सिरीज नै आफ्नो पोल्टामा पार्न सफल भयो ।
नेपाली टिमका खेलाडी सन्दीप लामिछाने भने नेपाल नआउने जनाइएको छ । उनी अष्ट्रेलियामा जारी बिग ब्याश लिग खेल्न यूएईबाट उतै जानेछन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।