१९ वर्षमुनिको महिला विश्वकप छनोट : नेपालले कुवेतलाई १ सय ८ ...
कात्तिक २२, २०८१ बिहिबार
न्यूजिल्याण्डका पूर्व कप्तान ब्रेन्डन म्याक्कलमले अष्ट्रेलियामा जारी बिग ब्याश लिगबाट सन्यास लिएका छन् ।
सन् २०१६ मा एक दिवसीय क्रिकेटबाट सन्यास लिएका म्याक्कलमले गएकाे ८ वर्षदेखि बिग ब्याश लिग खेल्दै आएका छन् । म्याक्कलमले अन्तिम बिग ब्याश लिगकाे अन्तिम खेल गएकाे शुक्रबार खेलेका थिए ।
ब्रिज्बेन हीटबाट खेलेका म्याक्कलमको टिम जारी लिगबाट छैटौं स्थानमा रहँदै बाहिरिएको छ । म्याक्कलमले बिग ब्याश लिग छाडे पनि अरु लिग भने खेल्ने इच्छा व्यक्त गरेका छन् । उनलाई आउँदो सिजको आईपीएलमा भने कसैले किनेका छैनन् ।
३७ वर्षीय म्याक्कलमले खेलाडी जीवन त्यागेर प्रशिक्षकको भूमिका निर्वाह गर्न तयार रहेको बताए । खेलाडी करियरमा हासिल गरेका अनुभवहरुलाई प्रशिक्षक भएर नयाँ खेलाडीलाई सिकाउने उनले बताए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।